तेह्रथुमको मेन्छ्यायेम-१ मा एमालेको प्यानलै विजयी

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर लिम्बू विजयी भएका छन् । सो वडामा एमालेको प्यानलै निर्वाचित भएको हो । 

मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिम्वुले २ सय १६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार शहरमान लिम्वुले १ यस ८९ मत प्राप्त गरेका छन् । शहरमान निवर्तमान वडाध्यक्षसमेत हुन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully