मालारानीमा गठबन्धनले एमालेलाई उछिन्यो- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

मालारानीमा गठबन्धनले एमालेलाई उछिन्यो

कान्तिपुर संवाददाता

अर्घाखाँची — मालारानी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवारलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ ।

वडा नम्बर ९ को ५ सय ५४ मत गणना हुँदा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पालिका अध्यक्षका उम्मेदवार पदम क्षेत्रीले ३ सय ९१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार दलबहादुर भट्टराईले १ सय ८२ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले २ सय ९१ र एमालेकी दीपा पोखरेलले २ सय २ मत ल्याएकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन् । कमलले ८ सय १३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेल ६ सय ५९ मत ल्याएका छन् । सदस्यमा कांग्रेसकै शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भए। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले विजयी भएको थियो।

प्रकाशित : वैशाख ३१, २०७९ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×