घोराही उपमहानगरपालिकामा मतगणना सुरु- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोराही उपमहानगरपालिकामा मतगणना सुरु

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । १९ वडामध्ये वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।

कडा सुरक्षा र तारजालीभित्र रहेर मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई तारबाहिर राखिएको छ । घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा भइरहेको मतगणनास्थल बाहिर पनि कडा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरीले मतगणना स्थल वरिपरि मानिसको आवतजावत बन्द गरेका छन् ।

घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेकोमा ७६ हजार ५ सय २१ अर्थात ६७ दशमलव ७६ प्रतिशत मत खसेको छ । घोराहीमा काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । मेयरमा गठबन्धनबाट माओवादीका हेमराज शर्मा पोख्रेल तथा एमालेबाट नरुलाल चौधरी उम्मेदवार छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका भूपबहादुर डाँगी र एमालेबाट हुमाकुमारी डिसी उम्मेदवार छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

हुप्सेकोट गाउँपालिका ६ मा कांग्रेसको प्यानल विजयी   

कान्तिपुर संवाददाता

काठमाडौँ — हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि वडाध्यक्ष रहेका छामबहादुर सोमै मगरको नेतृत्वमा प्यानल विजयी भएको हो ।

उनले ७ सय ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ सय ८० मत पाएका छन् । त्यहाँ १५ सय ४७ मत खसेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×