धुलिखेल-१ कांग्रेसका लामा निर्वाचित

वैशाख ३१, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा निर्वाचित भएका छन् । निकटतम एमालेका उम्मेदवार बहादुर तामाङलाई  एक सय ६ मतले पराजित पर्दै लामा विजयी भएका हुन् ।

सन्तबहादुरले ५ सय ७३ र बहादुरले ४ सय ६७ मत प्राप्त गरेका छन् । कुल १२ सय ८४ मत खसेको थियो । 

कांग्रेसबाटै दलित महिला सदस्यमा गोमा विश्वकर्मा, महिला सदस्यमा चन्द्रमाया तामाङ र खुला सदस्यमा दिपक घोरसाइने निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेबाट खुला सदस्यमा लाक्पा लामा निर्वाचित भएको मुख्य  निर्वाचन  अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully