तेह्रथुमको म्याङलुङ-२ मा काग्रेसका तुम्वाहाङ्फे विजयी 

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको म्याङलुङ नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज तुम्बाहाङफे विजयी भएका छन् । तुम्बाहाङफे ५ सय ९ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार शम्भु तुम्वाहाम्फेले ४ यस ७५ मत प्राप्त गरेका छन् । शम्भु निवर्तमान वडा अध्यक्षसमेत हुन् । 

मुख्य निर्वाचन अधिकृत महेन्द्र प्रसाद पोखरेलका अनुसार वडाध्यक्ष तुम्वाहाङफे सहित नेपाली कांग्रेसबाट एक खुला सदस्य विजयी भएका हुन् ।

महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य भने नेकपा एमालेबाट निर्वाचित भएका छन् । वडामा १ हजार ६ मतदाताले मतदान गरेका थिए । वडाध्यक्षमा २२ मत बदर भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully