कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको गजुरी–८ मा पुन: मतदानको माग

सरिता श्रेष्ठ

धादिङ — धादिङको गजुरी गाउँपालिका–८ को वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा पुन: मतदानको माग गरेका छन् । समय छदाँ–छदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै पुन: मतदानको माग गरेका हुन् । 

धादिङको गजुरी–८ मा पुन: मतदानको माग

पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टा–छुट्टै निवेदन दर्ता गराएका छन् ।

राति १२ बजे बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार त्यसबारे निर्वाचन आयोगमा लेखी पठाइएको गजुरीका निर्वाचन अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाता फोटो सहितको मतदाता परिचय बनाउँदा निर्वाचन आयोगले दिएको अर्धकट्टी लिएर गएको मतदातालाई मतदान गर्न नदिएपछि विवाद उत्पन्न भएको थियो ।

तीन वटा मतदान स्थल रहेको यस केन्द्रमा दुई हजार ४७७ मतदाता छन् । शुक्रबार एक हजार छ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको थियो ।


प्रकाशित : वैशाख ३१, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?