पोखराको मतगणना २ बजेबाट

वैशाख ३१, २०७९

दीपक परियार

पोखरा — पोखरा महानगरको मतगणना आज २ बजेबाट सुरू हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समितिको दुई र नगर विकास समितको एक सभाहलमा हुने छ । तीन सभाहलमा ६ स्थानमा मतगणना हुने छ ।

उम्मेदवारलाई १२:३० बजेसम्म प्रतिनिधि पठाउने, १ बजेसम्म प्रतिनिधिको नाम र फोटो उपलब्ध गराउने, १:३० बजेसम्म वडाअनुसार मतपेटिका मिलाउने समय दिइएको प्रदेश निर्वाचन कार्यालयका प्रकुख हुमनाथ पराजुलीले बताए । 

मतगणना स्थलमा तारजाली लगाइएको छ भन सीसीटीभी क्यामरा समेत जडान भइसकेको छ । मतगणना स्थल वरपर दलका कार्यकर्ता र उम्मेदवारका समर्थकको बाक्लो उपस्थिति छ ।

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully