१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ललितपुर महानरपालिकामा सर्वदलीय बैठक बस्दै

प्रशान्त माली

काठमाडौँ — ललितपुर महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । दलीय प्रतिनिधि आउने क्रम जारी छ । 

ललितपुर महानरपालिकामा सर्वदलीय बैठक बस्दै

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?