ललितपुर महानरपालिकामा सर्वदलीय बैठक बस्दै

वैशाख ३१, २०७९

प्रशान्त माली

काठमाडौँ — ललितपुर महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । दलीय प्रतिनिधि आउने क्रम जारी छ । 

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।

स्थानीय तह निर्वाचन २०७९

प्रशान्त

Link copied successfully