अपिहिमाल- १  मा गठबन्धनका उम्मेद्वार विजयी

वैशाख ३१, २०७९

मनोज बडू

दार्चुला — अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । लोथ्यालले १ सय ८३ मतसहित  विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए । लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए  । 

त्यस्तै, पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले दुई सय २ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहोराले एक सय २१ मत ल्याएकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully