तेह्रथुम — तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार सन्तविर लिम्बू प्रारम्भीक मत गणनामा पहिलो स्थानमा छन् । उनले १ सय ५ मत ल्याएका छन् । यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्र इम्सङले ८० मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि एमालेले नै अग्रता लिइरहेको छ । एमालेकी उम्मेदवार तारा खरेलले ९६ मत ल्याएकी छिन् । गठबन्धनका उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका टेकराज लिम्बूले ९४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये छथर गाउँपालिकामा मात्र कांग्रेसले सत्ता गठबन्धनका नाममा माओवादी केन्द्रका उम्मेदवारलाई अध्यक्ष पदमा उम्मेदवार उठाएको छ ।
