पाणिनि र छत्रदेवमा कांग्रेसको अग्रता

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । ११ सय ४० मत गणना गर्दा पालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अच्युत गौतमले ५ सय १९ र एमालेका उम्मेदवार टेकराज न्यौपानेले ५ सय २३ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी गौतमले ५ सय ९७ र एमालेकी उम्मेदवार नर्मदा पौडेलले ५ सय ३२ मत ल्याएकी छिन् ।  

छत्रदेव गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार चन्द्रमान श्रेष्ठले ९६, एमालेका दीपक पन्थीले ९२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी इन्दिरा भुसालले ९८ र एमालेकी मनिष पन्थीले ९५ मत ल्याइन् ।  

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully