सन्धिखर्कमा एमालेको सुरुवाती अग्रता

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — छ स्थानीय तहमध्ये शितगंगा नगरपालिका बाहेक ५ पालिकाको मतगणना सुरु भएको छ । सन्धिखर्क नगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

वडा नम्बर १ को ५ सय मत गणना गर्दा एमालेबाट सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले २ सय ६१, ५ दलीय गठबन्धनबाट कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीले २ सय २८ मत ल्याएकी छिन् ।

उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले २ सय ४९ र गठबन्धनका माओवादीका उम्मेदवार राजेन्द्र भुसालले २ सय ३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।    

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully