कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाको घर रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । 

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएर अग्रता लिएकी छन् ।

कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो ।

डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएको थियो । उक्त विवाद स्थानीय तह निर्वाचनमा झन् चर्किएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?