सोलुखुम्बु — ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा २ वटा पालिकाको मतगणना गर्दा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । महाकुलुङ गाउँपालिकामा ३०० मत गन्दा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सूर्य कुलुङले १२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार सागर किरातीले १०८ र नेकपा एमालेका उम्मेदवार भक्त राईले ४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै सोतङ गाउँपालिकामा पनि ३०० मत गन्दा कांग्रेस नै अगाडि देखिएको छ । कांग्रेसका उम्मेदवार खिलराज बस्नेतले १४९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश कार्कीले ९० मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्काले ५१ मत ल्याएका छन् ।
