लालिगुराँस नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

वैशाख ३१, २०७९

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् ।

यस्तै एमालेका गणेशकुमार लिम्बूले ६३ मत ल्याएका छन् । माओवादी केन्द्रका होमराज रायामाझीले १४ मत ल्याएका छन् । 

उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । कांग्रेसकी उपमेयर उम्मेदवार जमुना मगर कार्कीले ९३ मत ल्याएकी छन् ।

एमालेकी छविमाया तिम्सिनाले ८४ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी दिलकुमारी आंखेवाले १९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

चन्द्र

Link copied successfully