भरतपुर महानगरपालिकामा ९ बजेदेखि मतगणना सुरू हुने

वैशाख ३१, २०७९

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी गराएकाे छ ।

सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाकाे मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर राेडमा हुनेछ ।

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully