कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित

आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए ।

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित

उनले ३ सय २० मत ल्याएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन्ए । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

चामे गाउँपालिकामा २०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेस उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको अध्यक्षमा निर्वाचित लोकेन्द्रबहादुर घलेले फेरि ५ वर्ष चामे गाउँपालिका हुने अवसर प्राप्त गरेका हुन् । चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ ।

वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० भोट ल्याएका छन् । यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?