बारा — बाराको अधिकांस गाउँपालिकमा शुक्रबार मतगणना हुने सम्भवना नभएपछि शनिबार बिहानबाट हुने भएको छ ।
मतगणना गर्नका लागि अधिकांस पालिकाहरूमा उम्मेदवारहरूबीच बैठक चलिरहेको छ ।
कलैया उपमहानगरको शनिबार बिहान ७ बजे गणना सुरू गर्ने सहमति भएको छ । पचरौता नगरपालिकाको ४ वटा केन्द्रको मतदान रद्द नै भएको छ । बाँकी १४ वटा पालिकाको गणनाका लागि उम्मेदवारहरूबीच छलफल भइरहेको सुरक्षा स्रोतले बतायो ।
सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १० टेटामा ७२ वटा बढी पोलिङ भएकाले त्यसैको विवादमा मत गणना गर्न कुरा मिलेको छैन ।
