रसुवा — रसुवा जिल्लाको चार वटा स्थानीय तहमा मध्यरातिबाट मतगणना सुरु भएको छ । जिल्लाका ५ वटा स्थानीय तहमध्ये कालिका, उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मत गणना मध्यरातबाट सुरु भएको हो ।
लाङटाङ मतदान केन्द्रको मतपेटिका नआइपुगेकोले गोसाइकुण्ड गाउँपालिकाको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ ।
लाङटाङमा रहेको मतदान केन्द्रको मतपेटिका शनिबार बिहान हेलिकप्टरबाट संकलन गरिने निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । त्यसपछि मात्र मतगणना सुरु हुने उनले बताए ।
