मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको आग्रता

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१को मतपरिणाम सार्वजनिक भएको छ । घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका लोप्साङ छोम्फेल विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् ।

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको आग्रता

अध्यक्षमा नेकपा एसका देवबहादुर गुरङले ९३ मत पाएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी गराए ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामो गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छन् । उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी गुरूङले १ सय ६ मतले पछ्याएका छन् ।

लो-घेकर दामोदर कुण्ड गाउँपालिका-१ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ र ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ ००:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?