रौतहट — रौतहटका ७ वटा पालिकामा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार चन्द्रपुर, गौर, गुजरा, इशनाथ, राजदेवी, वृन्दाबन, दुर्गाभवतीमा मतदान सम्पन्न भएको हो ।
अन्य ११ पालिकामा विवाद हुँदा मतदान स्थगित भएका छन् ।
यसैबीच मतदान सम्पन्न भएका पालिकाहरुमा राति १ बजेदेखि मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ । गौर,गुजरा,बृन्दाबन,राजदेवी र इशनाथ नगरपालिकामा १ बजे, दुर्गाभवती गाउँपालिकामा साढे १२ बजे, चन्द्रपुरमा ३ बजे मत गणना हुनेछ ।
