काठमाडौँ — मध्यपुर थिमि नगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ । मध्यपुर थिमि बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा वडा नम्बर १ बाट सुरू गरिने सर्वदलीय बैठकले निर्णय गरेको हो ।
भक्तपुर र चाँगुनारायण नगरपालिकाको मतगणना शनिबार बिहानबाट गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सूर्यविनायक नगरपालिकाको मतगणना विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
