मनाङको चामेमा मतगणना सुरू, अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता

वैशाख ३०, २०७९

आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिकामा मत गणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

कूल ५ वटा वडामाध्ये २ वटा वडाको मतगणना भइसक्दा एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत ल्याएकी छन् ।   

त्यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully