रौतहटको गजुरा नगरपालिकामा राति ९ बजेसम्म मतदान जारी

वैशाख ३०, २०७९

काठमाडौँ — रौतहटको गुजरा नगरपालिकामा अहिले राति ९ बजेसम्म मतदान जारी रहेको छ । उक्त नगरपालिकाको वडा नम्बर ७ स्थित प्रतापपुर पल्टुवा मतदान केन्द्र मा राति ९ बजे सम्म मतदान भएको हो । मतदान भर्खरै सकिएको इलाका प्रहरी चन्द्रनिगाहपुर पुरका डीएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

दिउँसो उक्त मतदान केन्द्रमा झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो । यहि क्रममा मतदान्स्थल प्रवेश गरिसकेका मतदाताहरुलाई मतदान गर्न दिइएको प्रहरी ले जनायो । 

'बाहिरबाट थप मतदातालाई भित्र जान दिएनौं,' उनले भने,'५ बजे अगावैभित्र प्रवेश गरेकाहरुलाई निर्वाचन आयोगको आदेशले रातिसम्म मतदान गर्न दिएका हौं ।'

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully