धनकुटामा शुक्रबार रातिदेखि मतगणना सुरु हुने

वैशाख ३०, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिकामा आजै रातिदेखि मतगणना कार्य सुरु गरिने भएको छ । केहीबेर पहिले सर्वदलीय बैठक बसेर मतगणना कार्य सुरु गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । 

नेकपा एमाले र गठबन्धनबिचको कडा प्रतिस्पर्दा हुने अनुमान गरिएको नगरपालिकाको नजितालाई चासोको रुपमा लिइएको छ । यस भन्दा पहिलेको स्थानीय तह निर्वाचन २०७४ मा एमाले र कांग्रेसका मेयर पदका उम्मेदवारबीच ११४ मतान्तरमा एमालेले बाजी मारेको थियो ।

पुरानै प्रतिस्पर्धी एमालेबाट मेयरका उम्मेदवार चिन्तन तामाङ र कांग्रेसका दिनेश राई पुन: यस पटक पनि उम्मेदवार छन् । राई गठबन्धनबाट उम्मेदवार बनेका हुन् । 

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully