धादिङ — धादिङका सबै मतदानस्थलमा सौहार्दपूर्ण मतदान भएको छ । जिल्लाका १०९ मतदानस्थलमा गरी करिब ६५ प्रतिशत मत खसेको छ ।
२ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
मतदान सकिएका प्रत्येक पालिकाको सम्बन्धित निर्वाचन अधिकारीको कार्यालयमा मतपेटिका संकलन हुने र त्यही गणना गरिने व्यवस्था मिलाइएको छ ।
कार्यतालिका अनुसार शुक्रबार राति नै मतपेटिका गणनास्थलमा ल्याइसक्ने र सर्वदलीय बैठकको निर्णय अनुसार गणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए ।
विकट मानिएको रुविभ्याली र गंगाजमुनाको मतपेटिका जम्मा गर्न दूरी टाढा भएकोले केही ढिलाइ हुने निर्वाचन अधिकृतहरुले बताएका छन् ।
