गुल्मीमा ६४ प्रतिशत मत खस्यो

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

गुल्मी — गुल्मीमा ६४ प्रतिशत मतदान भएको छ । जिल्लामा २ लाख २४ हजार २ सय ७६ मतदाता रहेकोमा शुक्रबार मतदानमा १ लाख ४३ हजार ५५९ ले मतदान गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशतले मतदान गरेका छन् ।

इश्मा गाउापालिकामा ६४ दशमलव ११ प्रतिशत, कालिगण्डकीमा ६३ दशमलव ०६ प्रतिशत, गुल्मी दरबारमा ६३ दशमलव ६७ प्रतिशत र चन्द्रकोटमा ६१ दशमलव १८ प्रतिशत मत खसेको छ ।

त्यस्तै, छत्रकोटमा ६८ दशमलव १२ प्रतिशत, धसर्कोटमा ६१ दशमलव ३४ प्रतिशत, मदानेमा ६२ दशमलव ६९ प्रतिशत, मालिकामा ६२ दशमलव ३४ प्रतिशत, रुरुक्षेत्रमा ६५ दशमलव ५७ प्रतिशत, सत्यवतीमा ६४ दशमलव ६८ प्रतिशत, रेसुङ्गा नगरपालिकामा ६९ दशमलव ०१ प्रतिशत र मुसिकोट नगरपालिकामा ६१ दशमलव ०५ प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully