प्यूठानमा ६२ प्रतिशत मत खस्यो 

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

प्युठान — प्युठानमा ६२ प्रतिशत मत खसेको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा ६२ प्रतिशत मतदाताले मतदान गरेका हुन् । जिल्लामा १ लाख ५९ हजार ३ सय ४६ मतदाता छन् । त्यसमध्ये शुक्रबार ९९ हजार आठ सय ३१ जनाले मतदान गरेका हुन्  । मुख्य निर्वाचन अधिकृत स्यामलाल घिमिरेले दुई नगरपालिका र सात गाउापालिका रहेको जिल्लामा ६२ प्रतिशतले मतदान गरेको जानकारी दिए ।

जिल्लाको सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मत खसेको छ । त्यस्तै, मल्लरानी गाउँपालिकामा ५९.७ प्रतिशत, गौमुखी गाउँपालिकामा ६४ प्रतिशत, स्वर्गद्धारी नगरपालिकामा ६४.९ प्रतिशत र झिमरुक गाउँपालिकामा ६३.०५ प्रतिशतले मतदान गरेका छन् ।

त्यस्तै, ऐरावती गाउँपालिकामा नौ हजार ६ सय ६४ जनाले मतदान गरेका छन् भने नौबहिनी गाउँपालिकामा १३ हजार २६० मत खसेको छ ।

त्यस्तै, माण्डवी गाउँपालिकामा ७ हजार ३७८ र प्यूठान नगरपालिकामा १९ हजार २ सय ९ मत खसेको छ ।  

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully