ललितपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ७ बजेदेखि

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकामा मतगणनाका लागि शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भएको छ । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बैठकलगतै मतगणना सुरू गर्ने बताए ।

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ ।  महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् । 

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् । 

ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully