राजविराज नगरपालिकामा राति १० बजेसम्म मतदान जारी, रुपनी-५ को मतदान फेरि स्थगित

वैशाख ३०, २०७९

राजविराज — सप्तरीको रुपनी गाउँपालिका-५ बसबिट्टीमा फेरि मतदान स्थगित भएको छ । दिउँसो विवाद भएपछि साँझदेखि मतदान गर्न थालिएपनि पुनः विवाद भएपछि अहिले मतदान स्थगित भएको छ ।

राति ९ बजेसम्म मतदान भइरहँदा दुई पक्षबीच विवाद हुँदा मतदान स्थगित गरिएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । 

यस्तै, निर्वाचन अधिकृत ज्ञवालीका अनुसार राजविराज नगरपालिका-१२मा राति १० बजेसम्म मतदान जारी भएको छ । सामान्य विवाद भएपछि रोकिएको मतदान मुख्य निर्वाचन अधिकृत ज्ञवाली त्यहाँ पुगेर राति सुचारु गराएका थिए । मतदान सम्पन्न हुन अझै केही घन्टा लाग्‍ने उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully