रौतहट — रौतहटको गुजरा नगरपालिकामा शुक्रबार राति ९ बजे मतदान सम्पन्न भएको छ । उक्त नगरपालिकाको वडा नम्बर ७ स्थित प्रतापपुर पल्टुवा मतदान केन्द्रमा ९ सय ५ मतदाता रहेकोमा राति अबेरसम्म ७ सय १५ मत खसेको थियो ।
अहिले मतदान सकिएर मतपेटिका नगरपालिका लगिएको छ । मतदान भर्खरै सकिएको इलाका प्रहरी चन्द्रनिगाहपुर पुरका डीएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए ।
दिउँसो उक्त मतदान केन्द्रमा झडप हुँदा मतदान केहीबेर स्थगित भएको थियो ।
