२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना जारी, एमालेको अग्रता

घनश्याम खडका

म्याग्दी — मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना जारी छ । वडा नम्बर १ को मत गणना सकिँदा एमालेका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ मत ल्याएका छन् ।यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवार मोहनसिंह लालचनले ४५ मत ल्याएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना जारी, एमालेको अग्रता

उपाध्यक्षमा एमालेकी मिमिकुमार शेरचनले ७२, कांग्रेसकी जमुना थापा मगरले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले जानकारी दिए ।

सो वडामा नेपाली कांग्रेसका आशबहादुर थकाली निर्विरोध वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, वडा नम्बर २ मा पनि कांग्रेसकै मनबहादुर हिराचन निर्विरोध भएका छन् ।

उक्त गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका परजिब थकाली निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ २३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?