कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं महानगरपालिकाको मतगणनाका लागि सर्वदलीय बैठक सुरु

काठमाडौँ — काठमाडौं महानगरपालिका मतगणना सुरु गर्नका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको बैठक सुरु भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा रहेको काठमाडौं मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मतगणनाका लागि सर्वदलीय बैठक सुरु

महानगरपालिकाको ३ सय ६३ मतदान केन्द्रबाट मतपेटिका संकलन र भण्डारण कार्य समाप्त भएसँगै बैठक सुरु भएको हो । सो बैठकमा मतगणना सुरु हुने विषयमा निर्वाचन कार्यालयले उम्मेदवार तथा उनीहरुको प्रतिनिधिहरुसँग छलफल र अन्तक्रिया गर्ने छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बैठकपछि मात्रै काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुने बताएका थिए ।

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ६४ प्रतिशत मत खसेको छ।

प्रकाशित : वैशाख ३१, २०७९ ००:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?