मुसीकोटमा मतदानस्थलबाहिर झडप, १० घाइते 

वैशाख ३०, २०७९

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका १, को त्रिपुरा मावि, छिङ मतदानस्थल कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । 

मतदानस्थलमा मतदान चलिरहेको क्रममा दुवै पक्षबीच झडप हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । बेलुका ३ बजेपछि दुवै पक्षबीच झडप भएको र झडपमा परी माओवादी पक्षका ७ र कांग्रेस पक्षका ३ जना घाइते भएको खबर पाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । 

उनका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । प्रहरी चौकी  छिङनजिकै भएको यो झडप प्रहरीको नियन्त्रणबाहिर रहेको थियो । जिल्लामा मतदानको क्रममा विभिन्न ठाउँमा झडप भएका छन् । 

यसै क्रममा डीएसपी आफै बाँफिकोट गाउँपालिका पुगेका छन् । मतपेटिका संकलनमा सहजीकरणका लागि भनेर आफू सदरमुकामबाहिर पनि हिँडिरहेको डीएसपी सोतीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully