स्थानीयले मतपत्र च्यातेपछि सुर्खेतको खनेटामा मतदान स्थगित

वैशाख ३०, २०७९

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको सिम्ता गाउँपालिका–१ घोरेटास्थित खनेटामा रहेकाे भगवती मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले तीन वटा मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै अन्य मतपत्र समेत  स्थानीयले च्यातेपछि शुक्रबार दिउँसो २ बजे मतदान स्थगित भएको हो । 

स्थगित भएको मतदान प्रक्रिया पुन: सुरु गर्न छलफल भएपनि स्थानीय कार्यकर्ताहरुबीच नै झडप भएपछि मतदान हुन नसकेको जिल्ला निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । ‘मतपत्रका सबै ठेलीहरु नै केही च्यातिदिए, केही गायब भए,’ उनले भने, ‘मतपेटिका भने सुरक्षित नै छन्, कर्मचारीलाई सुरक्षा दिएर वीरेन्द्रनगर ल्याइँदैछ ।’ 

सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले शुक्रबारको चुनाव स्थगित भएको जानकारी दिए । निर्वाचन आयोगलाई पत्र पठाइएको उनले बताए । ‘अर्को मिति तोक्नेबारे आयोगले निर्णय गर्छ,’ उनले भने, ‘हामी आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्छौँ ।’ 

स्थानीय तह निर्वाचन २०७९

चाँदनी

Link copied successfully