कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको सिन्धुकोटमा तनाव, झडप रोक्न प्रहरीद्वारा हवाइ फायर

सयम छँदै मतदान स्थलमा प्रवेश गरेकाहरुलाई भोट हाल्न नदिन नाराबाजी भएपछि विवाद, मतदान रोकियो 
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–५, सिन्धुकोटमा समयभित्रै मतदान स्थलमा प्रवेश गरेपनि आफूले मत हाल्न नपाएको भन्दै मतदाता र विभिन्न दलका कार्यकर्ताको आक्रोश झडप बदलिएपछि मतदान बीचैमा रोकिएको छ । मेलम्ची नगरको स्थानीय सिन्धुपुराना गाउँ माध्यमिक विधालयको मतदान केन्द्रमा भइरहेको विवाद साम्य हुन सकेको छैन ।

मेलम्चीको सिन्धुकोटमा तनाव, झडप रोक्न प्रहरीद्वारा हवाइ फायर

जिल्ला प्रहरी नायब उपरिक्षक दक्षबहादुर बस्नेतकाअनुसार सिन्धुकोट मतदानस्थलमा २५ देखि ३० जना मतदान गर्न बाँकी हुँदाहुँदै मतदान स्थगित गर्न केहीले आवाज उठाएपछि विवाद सुरु भएको थियो । प्रहरीले झडपलाई नियन्त्रण गर्न एक राउण्ड हवाइ फायरसमेत भएको उनले बताए ।

‘थप घटना विवरण बारे बुझ्दै छौं । झडपलाई शान्त गर्न प्रयासमा मतदान स्थगित भएको छ । झडपलाई रोक्दा एक राउण्ड हवाइ फायर भएको छ,’ डीएसपी बस्नेतले भने । पाँच नबज्दै सुरु भएको झडप मत हाल्ने समय सकिँदा पनि नरोकिएपछि यसबारे छलफल गर्न मतदाताले दलबीच आग्रह गरेका छन् । स्थानीय उम्मेद्वारले भने मतदाताले मतदान गर्ने क्रम चलिरहँदा पनि नेकपा एमालेका नेता तथा कार्यकर्ताले मतदान स्थगित गर्ने माग राखेको र त्यसमा सुरक्षाकर्मीले साथ दिएको आरोप लगाएका छन् ।

‘यहाँ सुरक्षाकर्मीबाट अन्धाधुन्धु गोली चलाउने धम्की आयो, दुई राउण्ड हवाइ फायर गरिएकोमा एक राउण्ड मात्रै भनेर माथि सूचना दिइयो,’ स्थानीय एक उम्मेद्वारले भने । केही मतदाताको परिचय पत्र वितरण नगरी मतदान केन्द्रभित्रै राखेको र त्यसको समाधानको लागि सर्वदलीय बैठक बोलाउन खोज्दा मतदान केन्द्रका मतदान अधिकृतले नमानेपछि झडपले झनै उग्र रुप लिएको थियो ।

तस्बिर सौजन्य : सन्तोष सिग्देल


प्रकाशित : वैशाख ३०, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?