रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना 

वैशाख ३०, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । 

बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन् । दुर्घटना हुँदा एउटा मतपेटिकाको शिल सामान्य फुटेको र अरुमा भने क्षति नभएको प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताए । दुर्घटना स्थलमा मुचुल्का तयार पारेपछि मात्र उक्त मतपेटिका उठाएर रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully