

(रोल्पा) — रोल्पाका सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाका ८१ स्थानका १ सय ७३ मतदान केन्द्रमा मतदान भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ।



प्रकाशित : वैशाख ३०, २०७९ १९:०४

काठमाडौँ — पूर्वी नवलपरासीको ८ वटा पालिकको मतगणना राति नौ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले राति ९ बजेबाटै मतगणना गर्ने गरि तयारी भएको बताए ।
साँझ साढे ६ बजे अधिकांश वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइएको उनले जानकारी दिए । कावासोती , देबचुली , मध्यबिन्दु र गैंडाकोट नगरपालिकामा मतपेटिका ल्याउने क्रम जारी छ।
यहाँका ९२ वटा वडा मध्ये ७२ वटा वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइसकिएको छ।पूर्वी नवलपरासीमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । सबै स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
प्रकाशित : वैशाख ३०, २०७९ १९:०३