कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नुवाकोटमा मतपेटिका संकलन थालियो

कृष्ण थापा

नुवाकोट — शुक्रबार बिहान ७ बजेबाट ५ बजेसम्म भएको मतदानको मतपेटीका संकलन थालिएको छ । जिल्लाको १२ वटा स्थानीय तहको नगरपालिका र गाउँपालिकाका निर्वाचन अधिकृत कार्यालयसम्म मतपेटिका संकलन गरी ल्याउन थालिएको हो । म्यगङ, तारकेश्वर, ककनी, सूर्यगढीगाउँ र बेलकोटगढीनगरपालिकाका केही वडाहरु टाढा छन् ।

नुवाकोटमा मतपेटिका संकलन थालियो

ती वडाहरुबाट पनि मुचुल्का गरी मतपेटिका संकलन थालिएको निर्वाचन अधिकृत कार्यालयहरुले जनाएका छन् । जिल्लामा १ सय ३२ मतदानस्थलका २ सय ८७ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा ६० देखि ६५ प्रतिशतसम्म मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटमा २ लाख ३७ हजार ३ सय ४३ मतदाता छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?