पूर्वी नवलपरासीमा राति ९ बजेबाट मतगणना सुरु हुने

वैशाख ३०, २०७९

नारायण शर्मा

काठमाडौँ — पूर्वी नवलपरासीको ८ वटा पालिकको मतगणना राति नौ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले राति ९ बजेबाटै मतगणना गर्ने गरि तयारी भएको बताए ।

साँझ साढे ६ बजे अधिकांश वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइएको उनले जानकारी दिए । कावासोती , देबचुली , मध्यबिन्दु र गैंडाकोट नगरपालिकामा मतपेटिका ल्याउने क्रम जारी छ।

यहाँका ९२ वटा वडा मध्ये ७२ वटा वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइसकिएको छ।पूर्वी नवलपरासीमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । सबै स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully