भक्तपुरमा ७५ प्रतिशत मत खस्यो, मतगणना आजै रातिदेखि

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुरमा ७५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतदानअन्तर्गत चार स्थानीय तहमा ७५ दशमलव ७५ अर्थात् १ लाख ४३ हजार ६ सय २३ मत खसेको हो ।

यहाँ १ लाख ८९ हजार ५ सय ८४ मतदाता छन् । ७७ मतदान स्थलको २ सय १९ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएपछि मतपेटिकाहरु सम्बन्धित नगरपालिकाका केन्द्रमा संकलन भइरहेको छ । 

सर्वदलीय बैठकपछि शुक्रबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully