झापामा करिब ६५ प्रतिशत मतदान

मतगणना आजैबाट हुने

वैशाख ३०, २०७९

पर्वत पोर्तेल

झापा — झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

सहायक निर्वाचन  अधिकृत गणेश पाण्डेले झापा गाउँपालिकाका ७ केन्द्र, कचनकवलका १ र भद्रपुर नगरका २ केन्द्रमा मतदान जारी रहको जनाए । ‘यी केन्द्रमा पनि केही समयमा मतदान सकिँदैछ’, उनले भने ।

उनका अनुसार झापामा कुनै कारणले ५ मिनेट पनि मतदान स्थगन गर्नु परेन । कार्यालयले मतगणना पनि आज रातिबाट सुरु हुने जनाएको छ । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर मुचुल्का गरेपछि राति १० बजेपछि गणना सुरु गरिने पाण्डेले जनाए ।  

स्थानीय तह निर्वाचन २०७९

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully