कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

झापामा करिब ६५ प्रतिशत मतदान

मतगणना आजैबाट हुने
पर्वत पोर्तेल

झापा — झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

झापामा करिब ६५ प्रतिशत मतदान

सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले झापा गाउँपालिकाका ७ केन्द्र, कचनकवलका १ र भद्रपुर नगरका २ केन्द्रमा मतदान जारी रहको जनाए । ‘यी केन्द्रमा पनि केही समयमा मतदान सकिँदैछ’, उनले भने ।

उनका अनुसार झापामा कुनै कारणले ५ मिनेट पनि मतदान स्थगन गर्नु परेन । कार्यालयले मतगणना पनि आज रातिबाट सुरु हुने जनाएको छ । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर मुचुल्का गरेपछि राति १० बजेपछि गणना सुरु गरिने पाण्डेले जनाए ।

प्रकाशित : वैशाख ३०, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?