बैतडीमा १ सय १३ वर्षीया वृद्धाले मतदान गरिन्

वैशाख ३०, २०७९

तृप्ति शाही

बैतडी — बैतडीमा १ सय १३ वर्षीया वृद्धाले मदतान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी मतदान अधिकृत टेकबहादुर चन्दले बताए ।

उनको मतदानसँगै मतदान गर्ने कार्यको सुरुवात गरिएको उनले बताए ।

यस्तै बैतडीमा १०१ वर्षीया वृद्धाले पनि मतदान गरेकी छिन् । जिल्लाको सुर्नया गाउपालिका-८ सेलाकी हांसी बोहराले मतदान गरेकी हुन् । भूमिराज आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully