रामेछापमा ६० प्रतिशत मत खस्यो, राकाथुममा पुनः मतदान हुने 

वैशाख ३०, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–१, राकाथुम मतदान केन्द्रको मतदान स्थगित भएको छ । विहान मतदान सुरु हुना साथ नेपाली काँग्रेस र माओवादी केन्दका कार्यकर्ताबीच भएको झडपका कारण मतदान कार्य स्थगित भएको थियो । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरी थप घटना हुन दिएन । तर, दिनभर प्रयास गर्दा पनि पुनः मतदान हुन नसकेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले बताए ।

उनका अनुसार रोकिएको मतदान केही दिन पछि पुनः गर्ने तयारी छ । 

त्यस्तै, मतदानको क्रममा सामान्य झडपपछि हवाई फायर समेत भएको मन्थली नगरपालिका–१२, सिक्राल मतदान केन्द्रको मतदान कार्य ढिलो गरी सुरु भएको छ । अपरान्ह मात्र मतदान सुरु भएकाले उक्त मतदान केन्द्रमा राति अवेरसम्म मतदान गराउने गरी तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी पहाडीले उक्त केन्द्रका लागि जेनेरेटर लगाएतको प्रवन्ध गरी मतदान गराउने तयारी भइसकेको जानकारी दिए । 

त्यस्तै, मतदानमा सामान्य झै–झगडा भएका दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुर, सुनापति गाउँपालिकाको दिमीपोखरी र गुन्सी, मन्थली नगरपालिकाको पुरानागाउँ, खाँडादेवीको पकरवास मतदान केन्द्रमा केही समय मतदान स्थगित भएपनि पुनः मतदान भएको छ । जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुमान छ । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully