२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

रुकुम पश्चिम — रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले ठक्कर दिँदा वडा नं. ७ का ६२ वर्षीय पर्जे खत्रीको मृत्यु भएको हो ।

नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनककुमार बाँठामगर मतदान अवलोकन गर्दै गाडी लिएर वडा नं. ७, स्थित नेपाल राष्ट्रिय मावि ढारबाङको मतदान स्थल पुगेका थिए ।

सोही बेला मतदान स्थलमा रहेकाहरुले होहल्ला गर्दा त्यहाँबाट निस्कन खोजेको गाडीले खत्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका खत्रीको जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइते खत्रीलाई जिल्ला अस्पताल पुर्‍याएपनि अस्पतालले मृत घोषणा गरेको हो ।


प्रकाशित : वैशाख ३०, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?