१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

दार्चुलाको तिंकरमा मतदान सकियो

रासस

दार्चुला — व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमानजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् ।

दार्चुलाको तिंकरमा मतदान सकियो

मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।

व्यास–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छाङ्गरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाइँ सरेका थिए । यहाँका स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना छाङ्गरु तिंकर बसाइँ सर्ने गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?