चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : निर्वाचन आयोग

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपरान्ह ४ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको जानकारी दिए । 

यो निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully