मतदानमा मुस्लिम महिलाको उत्साह

वैशाख ३०, २०७९

मनोज पौडेल

कपिलवस्तु — यहाँ भइरहेको स्थानीय तह निर्वाचनको मतदानमा मुस्लिम महिलाको उत्साहजन उपस्थिति देखिएको छ । उखरमाउलो गर्मीमा पनि उनीहरु बिहानदेखि अबेर दिउँसोसम्म मतदान गरिरहेका छन् । मुलककै मुस्लिम बहुल क्षेत्र भएकाले धेरै मुस्लिम महिलाहरु बुर्का लगाएरै मतदान केन्द्र पुगेका थिए ।

दिउँसो ४ बजेसम्म ५० प्रतिशत मत खसेको छ । जिल्लाका ९ स्थानीय तहमा २ सय २५ मतदान स्थलमा ४ सय २७ मतदान केन्द्र छन् । ३ लाख ४० हजार ७७९ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । कपिलवस्तुमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए ।

स्थानीय तह निर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully