रौतहटको बौधीमाईमा एमाले-जसपा झडप, मतपेटिकामा आगजनी

वैशाख ३०, २०७९

रौतहट — रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।

झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully