पाँचखाल–१३ मा पुन: मतदान हुने

वैशाख ३०, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — पाँचखाल–१३, कोशीदेखामा पुन: निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यहाँस्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिए ।

नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उनले जानकारी दिए । 

छलफलपछि पनि पुन: सुचारु गर्ने स्थिती नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिए ।

२ वटा मतदान केन्द्र रहेको विद्यालमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।

मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully